Kathmandu Press

मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध ३८ करोड ६७ लाखको भ्रष्टाचार अभियोग

अख्तियारले मुख्यसचिव अर्याललगायत प्रतिबादीविरुद्ध ३८ करोड, ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरिएको छ।
मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध ३८ करोड ६७ लाखको भ्रष्टाचार अभियोग

काठमाडौं, असार ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले मुख्यसचिव अर्याललगायत प्रतिबादीविरुद्ध ३८ करोड, ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरिएको छ।

Hardik ivf

अख्तियारले तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव अर्याल, आन्तरिक राजश्व विभागका महानिर्देशक रितेश शाक्य, राजश्व विभागका आन्तरिक उपमहानिर्देश टंक पाण्डे, निर्देशक गणेश शाह, शाखा रवीन्द्रप्रसाद पौडेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल, केन्द्रका तत्कालिन निर्देशक सफल श्रेष्ठ, शाखा अधिकृतहरु हरिबल्लब घिमिरे, विष्णुप्रसाद गौतम, शक्तिप्रसाद श्रेष्ठ र केशव शर्मालाई प्रतिबादी बनाउँदै भ्रष्टाचारको अनुपातमा सजायको माग गरिएको छ।

अन्तःशुल्क स्टिकरमा भ्रष्टाचार भएको दाबीसहित सजायको माग राखेर अख्तियारले मुद्दा दायर गरेको हो। अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा भ्रष्टाचार भएको दाबीसहत उनीलगायतलाई दोषी किटान गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप सजायको माग राखेर मुद्दा चलाउने निर्णय भएको हो।

अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि मुख्य सचिव अर्याल स्वतः पदमुक्त भएका छन्।  अर्याल गत बर्षको जेठ ३२ गते मुख्यसचिव नियुक्त भएका थिए।

 

प्रकाशित मिति: १६:५१ बजे, आइतबार, असार ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्