Kathmandu Press

एउटा जमात अवैध सम्पति लुकाउन सिंगो सहकारीकै बदनाम गर्दैछ’

उनले अहिले एउटा जमात सहकारी ठगी गर्ने थलो भनेर मात्र बहस गर्न व्यस्त र अर्को अवैध सम्पति कसरी लुकाउन सकिन्छ भनेर सहकारीकै बदनाम गर्ने प्रयासमा लागिरहेको टिप्पणी गरे।
एउटा जमात अवैध सम्पति लुकाउन सिंगो सहकारीकै बदनाम गर्दैछ’

काठमाडौं, असार ९ : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले केही व्यक्तिहरूले गरेको अपराधले सिंगो संस्थालाई नै बदनाम गर्ने गरेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित ‘सहकारी रोजगार मेला २०८१’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीको योगदानलाई भुलेर केही व्यक्तिहरूले गरेको अपराधले सिंगो संस्थालाई नै बदनाम गराउँने काम भइरहेको बताए।

Hardik ivf

‘नेपालमा सहकारीको मूल्य मान्यता अनि नेपालमा सहकारीको माध्यमबाट भइरहेको विकास, लाखौं मानिसको रोजगारी हो सहकारी हो। सहकारीले जुन आफुसँग उत्पादन भएको उत्पादनलाई बजारमा लिएर जानको लागि ठूलो सहयोग गर्‍यो,’ उने भने, ‘हामीले यी कुराहरुलाई चटक्कै बिर्सन्छौ र समाजमा रहेका केही मानिसहरु जो औंलाले गन्दा भ्याउने छन् । त्यो क्षेत्रमा आएर अपराध गर्छन्। अनि सबैले संस्थालाई नै बदनाम गर्नेतिर लाग्छन्।’

उनले अहिले एउटा जमात सहकारी ठगी गर्ने थलो भनेर मात्र बहस गर्न व्यस्त र अर्को अवैध सम्पति कसरी लुकाउन सकिन्छ भनेर सहकारीकै बदनाम गर्ने प्रयासमा लागिरहेको टिप्पणी गरे।

‘अहिले एउटा जमात सहकारी ठगी गर्ने थलो भनेर मात्र बहस गर्न व्यस्त छ, अर्को जमाद आफूहरुले राखेका अवैध सम्पति कसरी लुकाउन सकिन्छ भनेर सहकारीकै बदनाम गरिरहने प्रयासमा लागिरहेका छन्,’ उनले भने ‘त्यसैले सहकारीले यो देशको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि के कस्तो योगदान पु¥याएको छ। सुसूचित गराउन आवश्यक छ।’

प्रकाशित मिति: १६:४८ बजे, आइतबार, असार ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्