Kathmandu Press

बजेटको आकार सानो हुँदा पूर्वाधारभन्दा कार्यक्रमलाई प्राथमिकता दिनुपर्यो : खेलकुदमन्त्री श्रेष्ठ

आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रत्येक निर्वाचन क्षेत्रमा बजेट विनियोजन नगरिए पनि लायकको स्टेडियम भने बनाएरै छोड्ने प्रतिवद्धता जनाएका हुन्।
बजेटको आकार सानो हुँदा पूर्वाधारभन्दा कार्यक्रमलाई प्राथमिकता दिनुपर्यो : खेलकुदमन्त्री श्रेष्ठ
फाइल तस्बिर।

काठमाडौं, असार ९ : युवा तथा रोजगारमन्त्री बिराजभक्त श्रेष्ठले क्रिकेटका सम्भावनालाई सम्बोधन गर्नेगरी मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको दाबी गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रत्येक निर्वाचन क्षेत्रमा बजेट विनियोजन नगरिए पनि लायकको स्टेडियम भने बनाएरै छोड्ने प्रतिवद्धता जनाएका हुन्।

Hardik ivf

‘क्रिकेटको क्रेज एकदमै बढेको र मूलपानी क्रिकेट रंगशालालाई सरकारले गौरवको आयोजनाका रुपमा लिएको हुँदाखेरि ५० करोड रुपैयाँ विनियोजन गरेको छु। हरेक माननीयज्यूको क्षेत्रमा बजेट जान सकेन होला तर राष्ट्रिय रुपमा गौरव गर्न लायकको स्टेडियम चाँहि बन्दैछ,’ उनले भने, ‘कनिका छरेजस्तो बजेटले हुने पनि केही होइन्। मूलपानीले क्रिकेटका सम्भावनाहरुलाई सम्बोधन गर्छ।’

११औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा आयोजना गर्ने बताउँदै मन्त्री श्रेष्ठले त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका लागि बजेट छुट्याएको बताए।

यद्यपि सानो आकारको बजेट भएका कारण पूर्वाधार भन्दाबढी कार्यक्रमका लागि बजेट विनियोजन गर्नुपरेको मन्त्री श्रेष्ठको भनाई छ।  

‘११औं राष्ट्रिय खेलकुद मधेशमा हुँदैछ। त्यसको तयारीका लागि खेलकुद मन्त्रालयले चार करोड रुपैयाँ विनियोजन गरेको छ। रामजानकी रंगशाला पुनःनिर्माणका लागि पनि काम गरिरहेका छौं,’ उनले भने।

प्रकाशित मिति: १६:०८ बजे, आइतबार, असार ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्