संसद कर्मचारी आन्दोलन नयाँ चरणमा– घर बिदामा बस्ने, विदा अवधिको तलब नलिने
संसदका कर्मचारी संघीय संसद् भवनस्थित रक गार्डेनमा प्लेकार्डसहित १० बजेदेखि साढे १२ बजेसम्म कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिए।
काठमाडौं, असार ९ : सेवा सुविधा बढाउनुपर्ने विभिन्न मागसहित आन्दोलनमा उत्रेका संघीय संसद् सचिवालयका कर्मचारीहरूले आइतबारबाट तेस्रो चरणको आन्दोलन शुरु गरेका छन्।
संघीय संसद् सचिवालय कर्मचारी युनियनले तेस्रो चरणका आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो।
संसदका कर्मचारी संघीय संसद् भवनस्थित रक गार्डेनमा प्लेकार्डसहित १० बजेदेखि साढे १२ बजेसम्म कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिए।
सोमबार असार १० गतेदेखि ट्रेड युनियन अधिकार प्राप्त कर्मचारीहरूले घर बिदामा बस्ने र उक्त अवधिको तलब समेत नलिने बताएका छन्।
मागहरु सम्बोधन हुनेगरी लिखित सम्झौता नभए सम्म विरोध र आन्दोलनका कार्यक्रमहरू निरन्तर हुने यूनियनले जनाएको छ।
प्रकाशित मिति: १५:३८ बजे, आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












