Kathmandu Press

एसईईको नतिजा प्रकाशनको तयारी

‘रुजु गर्ने र प्रोसेसिङको काम मात्र बाँकी रहेको छ, करिब करिब ३ दिनको हाराहारीमा सबै टुंगो लगाउँछौं, यही हप्ता टुंग्गिन्छ भन्ने छ,’ पौडेलले भने।
एसईईको नतिजा प्रकाशनको तयारी

काठमाडौं, असार ९ : राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी थालेको हो।

यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए।

‘रुजु गर्ने र प्रोसेसिङको काम मात्र बाँकी रहेको छ, करिब करिब ३ दिनको हाराहारीमा सबै टुंगो लगाउँछौं, यही हप्ता टुंग्गिन्छ भन्ने छ,’ पौडेलले भने।  

गत चैत १४ गतेदेखि संचालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चार लाख ९१ हजार ४९७ विद्यार्थी परीक्षामा सहभागी थिए।

प्रकाशित मिति: १५:१४ बजे, आइतबार, असार ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्