Kathmandu Press

‘सेनाको भर्ना तथा सरुवा–बढुवामा कुनै किसिमको भेद्भाव छैन्’

राष्ट्रिय सुरक्षा सम्बन्धी वक्तव्यहरु दिनेहरु विदेशमा गएर फेटा बाँध्दै पास्पोर्ट एउटै भएपनि हुन्छ भन्ने र नेपाल आएर नेपाली सेनाको विरोध गर्ने कुरालाई सुरक्षा परिषद्को विधेयकले नियाल्ने कारण चाँडो पारित गर्न जरुरी रहको उनको भनाइ छ।
‘सेनाको भर्ना तथा सरुवा–बढुवामा कुनै किसिमको भेद्भाव छैन्’

काठमाडौं, असार ९ : रक्षामन्त्री हरी उप्रेतीले, नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा कुनै किसिमको भेद्भाव नरहेको दाबी गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्री उप्रेतीले नेपाली सेनामा कुनै जात जाति धर्म वर्ग समुदाय र क्षेत्रको आधारमा भेदुभाव नहुने बताएका हुन्।

Hardik ivf

‘नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा भेद्भाव सम्बन्धमा प्रश्न उठेको छ। नेपाली सेनामा कुनै जात जाति धर्म वर्ग समुदाय र क्षेत्रको आधारमा भेदुभाव हुँदैन्। र हुने छैन् र त्यस्तो भएमा मेरो जानकारीमा आउनुपर्‍यो,’ उनले भने, ‘किनकी नेपाली सेनाभित्र ने भेद्भाव भयो भने द्धोन्द्धको कहिल्यै अन्त्य हुँदैन्। जहाँ भेद्भाव हुन्छ त्यहाँ विद्रोह र द्वन्द्व हुन्छ। त्यहीबाट द्वन्द्व पीडित निस्कदा अर्को चरणको द्वन्द्व सुरु हुन्छ।’

मन्त्री उप्रेतीले राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक तर्जुमा भई हाल प्रक्रियामा अगाडि बढिरहेको जानकारी दिए।

राष्ट्रिय सुरक्षा सम्बन्धी वक्तव्यहरु दिनेहरु विदेशमा गएर फेटा बाँध्दै पास्पोर्ट एउटै भएपनि हुन्छ भन्ने र नेपाल आएर नेपाली सेनाको विरोध गर्ने कुरालाई सुरक्षा परिषद्को विधेयकले  नियाल्ने कारण चाँडो पारित गर्न जरुरी रहको उनको भनाइ छ।

‘रक्षा मन्त्रालयको बिशेष चासोमा राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक तर्जुमा भई हाल प्रक्रियामा अगाडि बढिरहेको छ। म मन्त्रालयमा आएपछि राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक अगाडि बढाएको जानकारी गराउन चाहान्छु,’ उनले भने ‘राष्ट्रिय सुरक्षा सम्बन्धी वत्तव्यहरु दिने विदेशमा गएर फेटा बाँधदै पास्पोर्ट एउटै भएपनि हुन्छ भन्ने र यहाँ आएर नेपाली सेनाको विरोध गर्ने कुरालाई पनि जानकारीको रुपमा सुरक्षा परिषद्को विधेयकले त्यसलाई नियाल्ने छ। त्यो विधेयकलाई पनि यहाँ पारित गर्न जरुरी छ।’

प्रकाशित मिति: १४:५२ बजे, आइतबार, असार ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्