जबरजस्तीकरणी आरोपमा भारतीय नागरिक पक्राउ
१९ वर्षीय महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं, असार ९ : काठमाडौंको नयाँ बानेश्वरस्थित सस्तो बजारमा १९ वर्षीया महिलालाई जबरजस्ती गरेको आरोपमा एक जना भारतीय नागरिकलाई प्रहरी प्रक्राउ गरेको छ।
१९ वर्षीय महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जैसवालले ती महिलालाई काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
घट्नाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:३० बजे, आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार