Kathmandu Press

देवकोटाको कारवाही प्रकरणमा सर्वोच्चमा सुनुवाई सुरु

उक्त रिटमा अहिले सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा रिट निवेदक तर्फबाट सुनुवाई भइरहेको छ। देवकोटालाई ह्वीप उल्लङघन गरेको आरोपमा माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको गरेको थियो।
देवकोटाको कारवाही प्रकरणमा सर्वोच्चमा सुनुवाई सुरु

काठमाडौं, असार ८ : गण्डकी प्रदेशमा सभाको सांसदबाट पदमुक्त गरिएका फणीन्द्र देवकोटाले कारबाहीको निर्णय बदर गर्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदाmतमा सुनुवाई शुरु गरिएको छ।

उक्त रिटमा अहिले सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा रिट निवेदक तर्फबाट सुनुवाई भइरहेको छ। देवकोटालाई ह्वीप उल्लङघन गरेको आरोपमा माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको गरेको थियो।

Hardik ivf

गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले भने आफूलाई बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आफू आबद्ध भई स्वतन्त्र सांसदको रूपमा मुख्यमन्त्रीका लागि सुरेन्द्र पाण्डेलाई मत दिएको जिकिर गर्दै आएका छन्।

ह्वीप उल्लंघन गरेको बताउँदै माओवादी केन्द्रले कारबाही गरेको आधारमा गण्डकीका सभामुख कृष्णप्रसाद धितालले देवकोटालाई पदमुक्त गरेका थिए। देवकोटाले गत २८ जेठमा माओवादी संसदीय दलको निर्णयविरुद्ध मुख्यमन्त्रीमा पाण्डेलाई विश्वासको मत दिएका थिए।

सर्वोच्चमा दायर रिटमा देवकोटाले आफूलाई माओवादी संसदीय दलले गरेको कारबाही र त्यस आधारमा सभामुख धितालले प्रदेशसभामा वाचन गरेको पत्र खारेजीको माग गरेका छन्।

रिटमा रिटको अन्तिम टुंगो नलागेसम्म प्रदेश सभा सदस्यको हैसियतमा पूर्ववत कामकाज गर्न अन्तरिम आदेशको माग छ। देवकोटाले माओवादी चुनाव चिह्नबाट विजयी भए पनि आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र आफूलाई ह्वीप नलाग्ने दाबी सर्वोच्च समक्ष गरेका छन्।

मुख्यमन्त्री पाण्डले देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री समेत नियुक्त गरेका थिए।

 

प्रकाशित मिति: १४:०० बजे, आइतबार, असार ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्