प्रिमियर लिग अप्रिल ३० बाट सुरु हुने सम्भावना न्यून
काठमाडौं, चैत २१ : कोरोना भाइरसका कारण स्थगित इंग्लिस प्रिमियर लिग ३० अप्रिलबाट सुरु हुने सम्भावना न्यून बनेको छ।
प्रिमियर ल....
काठमाडौं, चैत २१ : कोरोना भाइरसका कारण स्थगित इंग्लिस प्रिमियर लिग ३० अप्रिलबाट सुरु हुने सम्भावना न्यून बनेको छ।
प्रिमियर लिगका २० क्लबले भिडियो कन्फ्रेन्स गर्दै ३० अप्रिलमै लिग सुरु हुन नसक्ने बताएका छन्। उनीहरुले ३० अप्रिलमै खेल खेल्ने वातारवरण नभएको पनि बताएका छन्।
प्रिमियर लिगले कोरोना भाइरसका कारण स्थगित लिग ३० अप्रिलबाट सुरु हुने जनाएको थियो। तर, कोराना भाइरसको महामारी अझै फैलिरहेकाले प्रिमियर लिग पनि अनिश्चित बनेको छ।
लिगको मिति मे का लागि सार्ने या फ्रान्स र स्पेनको जस्तै लिग अनिश्चितकालका लागि स्थगित गर्ने विषयमा छलफल भइरहेको बताइएको छ। कोरोनाको सबैभन्दा बढी मारमा परेको इटाली भने मे को अन्त्यमा सिरी ए सुरु गर्ने सोचमा छ, तर त्यो असम्भव देखिएको छ।
प्रिमियर लिगका क्लबहरुले आफ्नो स्टेडियम र मेडिकल स्टाफहरु राष्ट्रिय स्वास्थ्य सेवाका लागि उपलब्ध गराउन चाहिरहेका छन्। तर, त्यसका लागि लिग लामो समय लिग रोकिनु आवश्यक छ ।
प्रिमियर लिग, फुटबल लिग, प्रोफेशनल फुटबलर्स एसोसिएशन (पिएफए) र लिग म्यानजर एसोसिएसनबीच बैठक हुँदैछ। सोही बैठकले लिगको मिति सार्ने या अनिश्चितकालका लागि स्थगित गर्ने विषयमा निर्णय गर्नेछ।