Kathmandu Press

लिखित सहमति नभएसम्म कर्मचारीले आन्दोलन जारी राख्ने

कर्मचारीको माग सम्बोधन गर्न सरकारले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी नेतृत्वको तीन सदस्य समिति गठन गरेपनि कर्मचारीले आन्दोलनलाई निरन्तरता दिएका हुन्।
लिखित सहमति नभएसम्म कर्मचारीले आन्दोलन जारी राख्ने

काडमाडौं, असार ९ : संघीय संसद् सचिवालयका कर्मचारीले आन्दोलन जारी राखेका छन्।

कर्मचारीको माग सम्बोधन गर्न सरकारले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी नेतृत्वको तीन सदस्य समिति गठन गरेपनि कर्मचारीले आन्दोलनलाई निरन्तरता दिएका हुन्।

Hardik ivf

तलब, अतिरिक्त भत्तालगायतका सेवा सुविधा वृद्धिको माग गर्दै आन्दोलन गरिरहेका कर्मचारीहरुले लिखित सहमति नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

आइतबार पनि उनीहरुले संसद् भवन नयाँबानेश्वरमा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

कानुनमन्त्रीको नेतृत्वम बनेको समितिले एक–दुई दिनभित्रै कर्मचारीसँग छलफल गरेर निष्कर्ष निकाल्ने बताइएको छ। समितिमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी रहेका छन् ।

प्रकाशित मिति: १३:१८ बजे, आइतबार, असार ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्