‘गमलामा विरुवा रोपेर चुरे संरक्षण हुन सक्दैन’
‘गमलामा विरुवा रोपेर चुरे संरक्षण हुन सक्दैन। संरक्षण गर्ने भए विरुवा रोप्ने सरकार राजनीतिक दलको कार्यकर्ताले इलामदेखि कन्चनपुरसम्म करोडौँ विरुवा रोपे मात्र संरक्षण सम्भव छ,’ आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भने।
काठमाडौं, असार ९ : कांग्रेसका सांसद प्रदीप पौडेलले गमलामा विरुवा रोपेर चुरे संरक्षण हुन्छ भन्ने नसोच्न अनुरोध गरेका छन्।
‘गमलामा विरुवा रोपेर चुरे संरक्षण हुन सक्दैन। संरक्षण गर्ने भए विरुवा रोप्ने सरकार राजनीतिक दलको कार्यकर्ताले इलामदेखि कन्चनपुरसम्म करोडौँ विरुवा रोपे मात्र संरक्षण सम्भव छ,’ आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भने।
सांसद पौडेले चुरे संरक्षणको आवाज लिएर माइतीघरमा बसेका जनतासँग संवाद गर्न पनि सरकारसँग अनुरोध गरे। चुरे संरक्षणमा ध्यान नदिए अबको पाँच÷सात वर्षमा तराईमा सुक्खा लाग्ने र गर्मी अत्यधिक बढ्नेतर्फ सचेत उनले समेचत गराए।
चुरे संरक्षणको जिम्मा एक व्यक्तिको मात्र विषय नभइ सिंगो सरकारको विषय भएको उनको भनाई थियो।
‘आजभन्दा ५७ दिनअघि सप्तरीको भारदहबाट चुरे संरक्षणको अभियानमा २० दिन हिँडेर काठमाडौं आएका छन्। ३२ दिनदेखि चुरे संरक्षणको आवाज सिंहदरबार छिराउन सकिन्छ भनेर जनता पर्खिएर बसेका छन्,’ उनले भने, ‘आजसम्म कोही पनि सरकारी प्रतिनिधि भेट्न गएको छैन । यो एक नागरिक हैन सरकारले गम्भीर बन्नुपर्ने थियो।’
उनले ९ वर्षअघि चुरे संरक्षण समिति बनाएको र १५ अर्ब खर्च भए पनि चुरे संरक्षण हुन नसकेको बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले चुरे अतिक्रमणमा परेको, दोहनका कारणले चुरे विनाश भएको स्वीकार गरेको भन्दै किन दोहनलाई टुलुटुलु हेरेर बसेको भन्दै प्रश्न गरे। चुरे संरक्षण गर्न निश्चित कानुनी आधार निर्माण गरेर लागु गर्नुपर्ने उनको माग थियो।