सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएका तितुङको परिवारलाई क्षतिपूर्ति दिन सांसद बर्तौलाको माग
वनजंगल र त्यहाँको जैविक विविधताको संरक्षण गर्ने नागरिकमाथि दिनदहाडै गोली हानिएको भन्दै उनले क्षतिपूर्तिको माग गरे।पर्सा वन्यजन्तु आरक्षका कर्मचारी, सुरक्षाकर्मी, खटिएका नेपाली सेनाले तितुङलगायतलाई आक्रमण गरेको उनको आरोप छ।
काठमाडौं, असार ९ : एमाले प्रमुख सचेतक महेश बर्तौलाले पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएका शुकबहादुर तामाङ तितुङको परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन्।
आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमामकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ का तितुङको पर्सा वन्यजन्तु आरक्षका वार्डेनको निर्देशनमा हत्या गरेको दाबी उनले गरे।
वनजंगल र त्यहाँको जैविक विविधताको संरक्षण गर्ने नागरिकमाथि दिनदहाडै गोली हानिएको भन्दै उनले क्षतिपूर्तिको माग गरे।पर्सा वन्यजन्तु आरक्षका कर्मचारी, सुरक्षाकर्मी, खटिएका नेपाली सेनाले तितुङलगायतलाई आक्रमण गरेको उनको आरोप छ।
‘तितुङको घर आँगनमै जंगल जोडिएको छ। जहाँ मध्यवर्ती क्षेत्र पर्छ, मध्यवर्ती क्षेत्र पर्ने वनभित्र केही साथीहरूसहित उनी गएका थिए। पर्सा पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीहरू, त्यहाँ खटिएका नेपाली सेनाले शुकबहादुर तितुङ लगायत त्यहाँका जनताहरूलाई आक्रमण गरे। अस्ति असार ७ गते शुकबहादुर तितुङलाई गोली हानेर हत्या गरे,’ उनले बैठकमा भने।
उनले वन जंगल संरक्षण गर्ने जनतालाई नै गोली हानी मारेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
‘दोषी सुरक्षाकर्मीलाई पहिचान गर्ने, कारबाहीको तहमा अघि बढाउने र आवश्यक क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’र उनले भने ।