Kathmandu Press

गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न–जिबी राईको लोकेशन पत्ता लाग्यो भन्नु भगाउने नियत हो?

‘सहकारी ठगीमा फरार भएको व्यवासायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरमा भएका गृहमन्त्री ज्युले गिरफ्तार गर्नुछ। त्यसैले लोकेशन पत्ता लाग्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ?,’ उनले भने, ‘अभियुक्त पक्रने नयाँ शैली हो? केटाकेटी पन हो कि भगाउने नियत हो?’
गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न–जिबी राईको लोकेशन पत्ता लाग्यो भन्नु भगाउने नियत हो?

काठमाडौं, असार ९ : सहकारी रकम अपचलन गरेर फरारा रहेका गोरखा मिडियाका सञ्चालक जिबी राईको लोकेशन पत्ता लागेको भनेर गृहमन्त्री रवि लामिछानेले दिएको अभिव्यक्तिप्रति कांग्रेस सांसद विश्वप्रकाश शर्माले प्रश्न उठाएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्लदै शर्माले गृहमन्त्री भएर संवेदनशील विषयमा पनि गोपनीयता नराखेको बताए।

Hardik ivf

‘एउटा देशको फरार अभियुक्त कहाँ छन् भनेर खोजिरहेको बेलामा अर्को देशको गृहमन्त्रीले हामीले लोकेट गरिसक्यौँ भन्छ। सामाजिक सञ्जाल चलाउन उनलाई पनि आउँछ। सामाजिक सञ्जालमा नेपालको गृहमन्त्रीसँग कुरा भएको भनेर लेख्छन् तर गोपनीयता खोल्दैनन्,’ उलने भने, ‘तर हाम्रो गृहमन्त्रीले गोप्य सूचनाको राजपत्रमा प्रकाशित गरिनुबाहेक मिडियामा बिस्कुन सुकाउनुहुन्छ।’

कांग्रेस महामन्त्री समेत रहेका सांसद शर्मालले गृहमन्त्रीले जिबी राईको लोकेशन पत्ता लागेको भन्नुका पछाडि उनलाई भगाउने नियत हो कि भन्ने शंका व्यक्त गरे।

‘सहकारी ठगीमा फरार भएको व्यवासायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरमा भएका गृहमन्त्री ज्युले गिरफ्तार गर्नुछ। त्यसैले लोकेशन पत्ता लाग्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ?,’ उनले भने, ‘अभियुक्त पक्रने नयाँ शैली हो? केटाकेटी पन हो कि भगाउने नियत हो?’

उनले जिबीको लोकेशन नभएर जिबी राई नै चाहिएको बताए। उनले भने, ‘जीबी राईको लोकसेन हैन, जीबी राई चाहिएको हो । लोकसेन पत्ता लागेको चार दिन भयो, लोकेसन पत्ता लागेपछि पनि चार दिन किन लाग्छ पक्राउ गर्न?’

महामन्त्री शर्माले मलेसियाबाट राईलाई ल्याउन कुनै सुपुर्दगी सन्धि नचाहिने पनि बताए ।

प्रकाशित मिति: १२:५४ बजे, आइतबार, असार ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्