Kathmandu Press

सांसद देवकोटाले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

आफूलाई पदमुक्त गर्ने निर्णय बदरको माग गरिएको सांसाद देवकोटको रिट न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा पेशी चढेको छ।
सांसद देवकोटाले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं, असार ९ : पदमुक्त भएका गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटाले दायर गरेको रिट माथि आज सुनुवाई हुने भएको छ।

आफूलाई पदमुक्त गर्ने निर्णय बदरको माग गरिएको सांसाद देवकोटको रिट न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा पेशी चढेको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले देवकोटालाई कारबाही गर्दै पदमुक्त गरेको थियो।

उक्त निर्णयविरुद्धमा देवकोटाले गण्डकी प्रदेशसभाका सभामुख, गण्डकी प्रदेशसभा, माओवादी केन्द्र, माओवादी केन्द्र गण्डकी प्रदेसभाका संसदीय दलका नेता हरिबहादुर चुमान, निर्वाचन आयोग नेपाल काठमाडौं लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए।

नेपाल समाजवादी  पार्टीका देवकोटा गोरखा क्षेत्र नं. २ (१) बाट माओवादीको चुनाव चिन्हबाट विजयी भएका थिए।

प्रकाशित मिति: १२:३८ बजे, आइतबार, असार ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्