धर्म परिवर्तन गर्ने रोक्नुपर्छ : नेता थापा
बनेपा, फागुन १५ : नेपाली कांग्रसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले धार्मिक स्वतन्त्रता भएको देशमा प्रत्येक व्यक्तिले आफ्नो धर्मको....

बनेपा, फागुन १५ : नेपाली कांग्रसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले धार्मिक स्वतन्त्रता भएको देशमा प्रत्येक व्यक्तिले आफ्नो धर्मको छनोट गर्ने उसको निजी कुरा भए पनि धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्ने बताएका छन् ।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ छत्रेपाटीखर्कस्थित तिलेश्र मन्दिर संरक्षण समितिद्वारा आयोजित ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग महायज्ञ २०७५’ को दोस्रो दिन सहभागी भएका नेता थापाले कुन धर्म मान्ने र कुन धर्मको अभ्यास गर्छ गर्दैन भन्ने कुरा निजी भएको बताए ।
उनले भने, “धर्मको अभ्यास गरे पनि नेपालभित्र धर्म परिवर्तनको अभ्यास गर्ने कुरालाई राज्यले रोक्नुपर्ने हुन्छ, त्यो राज्यको दायित्व हो ।”
उनले गाउँगाउँमा लाग्ने गरेको महायज्ञ धार्मिक प्रचारप्रसारको माध्यम भएकाले त्यसलाई सहयोग गर्नु सबैको दायित्व भएको बताए । थापाले हिन्दू, बौद्ध र किराँत धर्म नेपाल राज्यको पहिचान र परिचय भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिए ।











