सुनको मूल्य तोलामा २७ सय घट्यो
शुक्रबार प्रतितोला एक लाख ४४ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आइतबार एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
काठमाडौं, असार ९ : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँ घटेको छ।
शुक्रबार प्रतितोला एक लाख ४४ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आइतबार एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यस्तै, आइतबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार ८१५ रुपैयाँमा छ।
प्रकाशित मिति: ११:१० बजे, आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार