Kathmandu Press

जसपाले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएका समर्थन

जसपा लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको र आजैदेखि प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको बताएकी छिन्।
जसपाले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएका समर्थन

दाङ, असार ९ : जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

जसपा लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको र आजैदेखि प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको बताएकी छिन्।

Hardik ivf

गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकको निर्णय अनुसार जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

‘गत असार ५ गते बसेको लुम्बिनी प्रदेश समितिको बैठकले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको व्यहोरा जानकारी गराइन्छ। साथै नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भए बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिसकेको समेत जानकारी गराइन्छ,’ काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ।

जसपा नेपालले समर्थन फिर्ता लिएपनि लुम्बिनी सरकार भने अल्पमतमा पर्दैन।

लुम्बिनीमा जसपा, नेपालका तीन जना सांसद छन्। त्यसमध्ये आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिर विभाजित जनता समाजवादी पार्टीतिर खुलेका छन्।

 

प्रकाशित मिति: ११:०५ बजे, आइतबार, असार ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्