Kathmandu Press

संघीय संसदका कर्मचारीको माग सम्बोधन गर्न कानुनमन्त्री गिरी नेतृत्वमा समिति गठन

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्षसहितको बैठकले मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हो। जसमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय सदस्य रहनेछन् ।
संघीय संसदका कर्मचारीको माग सम्बोधन गर्न कानुनमन्त्री गिरी नेतृत्वमा समिति गठन

काठमाडौं, असार ९ : आन्दोलनरत संघीय संसदका कर्मचारीहरुको माग सम्बोधन गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी नेतृत्वको तीन सदस्य समिति गठन भएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्षसहितको बैठकले मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हो। जसमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय सदस्य रहनेछन् ।

Hardik ivf

बालुवाटार छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, एमाले अध्यक्ष केपी ओली, अर्थमन्त्री वर्षमा पुन र कानुनमन्त्री गिरी, मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसद्का महासचिव पाण्डेय सहभागी थिए।

अतिरिक्त समय काम गरेको पारिश्रमिक नपाएको भन्दै संघीय संसदका कर्मचारीहरु आन्दोलनमा छन्। यसअघि उनीहरुले ब्ल्याक आउट गर्दा संसद बैठक नै प्रभावित भएको थियो।

प्रकाशित मिति: १०:५९ बजे, आइतबार, असार ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्