Kathmandu Press

संसद सचिवालयका कर्मचारीहरुको आन्दोलनबारे बालुवाटारमा छलफल जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी छन्।
संसद सचिवालयका कर्मचारीहरुको आन्दोलनबारे बालुवाटारमा छलफल जारी

काठमाडौं, असार ९ : संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले सभामुखसहित शीर्ष नेताहरुसँग छलफल थालेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी छन्।

Hardik ivf

बैठकमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित छन्।

सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक तथा अनौपचारिक रुपमा छलफल गर्दै आएका छन्।

यसअघि यही असार ३ गते सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष दाहालले दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा कर्मचारीहरुले राखेको माग सम्बोधन गर्न पहल गर्ने सहमति भएको थियो।

संसद सचिवालयका कर्मचारीहरु विभिन्न ११ बुँदे मागसहित जेठ अन्तिमदेखि आन्दोलनरत छन्।

प्रकाशित मिति: १०:४० बजे, आइतबार, असार ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्