Kathmandu Press

बंगलादेशमाथि भारतको सहज जित, सेमिफाइनल सम्भावना बलियो

शुक्रबार राति ब्रिजटाउनमा भएको खेलमा भारतले बंगलादेशमाथि ५० रनको सहज जित निकाल्दै लगातार दोस्राे जित निकालेको हो।
बंगलादेशमाथि भारतको सहज जित, सेमिफाइनल सम्भावना बलियो

काठमाडाैं, असार ९ : जारी टि–२० विश्वकपको सुपर ८मा भारतले लगातार दोस्रो जित निकालेका छ। शुक्रबार राति ब्रिजटाउनमा भएको खेलमा भारतले बंगलादेशमाथि ५० रनको सहज जित निकाल्दै लगातार दोस्राे जित निकालेको हो।

लागतार दोस्रो जितसँगै भारतको सेमिफाइलन सम्भावना बलियो बनेको छ। अब भारतले सुपर ८को अन्तिम खेलमा अस्ट्रेलियाको सामना गर्नेछ। यो खेलमा झिनो अन्तरले पराजित भएपनि भारत सेमिफाइनलमा पुग्ने छ। यता, बंगलादेश भने लागतार दोस्रो हारसँगै प्रतियोगिताबाट लगभग बाहिरिएको छ।

Hardik ivf

भारतले दिएको भारतले दिएको १९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ८ विकेटको क्षतिमा १४ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान जन्मुल हुसैन सान्टोले ३२ बलमा १ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४० रन बनाए।

यस्तै, तन्जित हसनले ३१ बलमा ४१ रन बनाउँदा रिसद हुसैनले १० बलमा २४ रन बनाए। अन्यले भने गतिलो योगदान दिन सकेनन्।

बंगलादेशलाई रोक्ने क्रममा कुलदीप यादवले ४ ओभरमा १९ रन मात्र खर्चेर ३ विकेट लिए। यस्तै, जस्प्रित बुमराह र अर्शदीप सिंहले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको भारतले हार्दिक पाण्ड्याको अर्धशतक मद्दतमा ५ विकेटको क्षतिमा १९६ रन बनायो। हार्दिकले २७ बलमा ४ चौका र ३ छक्का मद्दतमा ५० रन बनाए। यस्तै, विराट कोहलीले ३८ बलमा १ चौका र ३ छक्का मद्दतमा ३७ रन बनाए।

ऋषव पन्तले २४ बलमा ४ चौका र २ छक्का मद्दतम ३४ रन बनाउँदा शिवम दुवेले २४ बलमा ३ छक्का प्रहार गर्दै ३४ रन बनाए भने कप्तान रोहित शर्माले ११ बलमा २३ रन बनाए।

बलिङमा बलिङमा तन्जिम हसन सकिब र रिसद हुसैनले समान २ विकेट लिए।

प्रकाशित मिति: ०९:४० बजे, आइतबार, असार ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्