करण परियारले जित नेपाल आइडल सिजन–५ को उपाधि
शनिबार सम्पन्न भएको फाइनलमा प्रतिस्पर्धी सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै करण विजेता बनेका हुन्।काठमाडौं, असार ९ : गायन रियालिटी सो नेपाल आइडल सिजन–५ को उपाधि बर्दियाका करण परियारले जितेका छन्।
शनिबार सम्पन्न भएको फाइनलमा प्रतिस्पर्धी सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै करण विजेता बनेका हुन्।
उपाधि विजेता करणले २५ लाख रुपैयाँ, ट्रफी र अन्य विभिन्न गिफ्ट ह्याम्परहरु पाए।
यस्तै, पोखराकी सलोनी गुरुङ सिजनको फस्ट रनरअपमा र दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । सलोमीले १० लाख र सचिनले ५ लाख रुपैयाँ प्राप्त गरे।
नेपाल आइडलको पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएर प्रतिस्पर्धा गरेका थिए। दर्शकको भोटको आधारमा विजेता चुनिएका हुन्।
चार महिनादेखि जारी नेपाल आइडलका निर्णायकमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा थिए।
प्रकाशित मिति: ०९:०३ बजे, आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कृष्ण मल्ल बने नेपाल फिल्म सोसाइटीको अध्यक्षशनिबार, मंसिर ८, २०८१
बलिदानको छायाकंन अन्तिम चरणमाशुक्रबार, मंसिर ७, २०८१
दुई वर्षको काम ६ महिनाभित्र गर्छु: दिनेश डिसीबिहीबार, मंसिर ६, २०८१
‘देशभक्त तानाशाह’ पढेपछि....शनिबार, मंसिर १, २०८१