गोली लागेर सिकारीको मृत्यु
प्रहरीका अनुसार शनिबार १० बजेतिर जयसिंह डडालले चलाएको भरुवा बन्दुकको गोली टाउकोमा लाग्दा लक्सेरी नागुका धंकेको मृत्यु घटनास्थलमै मृत्यु भएको हो।
दार्चुला, असार ८ : जंगलमा सिकार गर्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ। शनिबार बिहान नौगाड गाउँपालिका–१ नागु लक्सेरीका ५५ वर्षीया धंके डडालको मृत्यु भएको हो।
प्रहरीका अनुसार शनिबार १० बजेतिर जयसिंह डडालले चलाएको भरुवा बन्दुकको गोली टाउकोमा लाग्दा लक्सेरी नागुका धंकेको मृत्यु घटनास्थलमै मृत्यु भएको हो।
गोली हान्ने जयसिंहलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ। दुवै सिकारी रहेको बताइएको छ।
प्रकाशित मिति: २०:३० बजे, शनिबार, असार ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार