Kathmandu Press

जडिबुटीमा टिपरले स्कुटरलाई ठक्कर दिँदा घाइते महिला मृत्यु

बा३क ३०५३ नम्बरको टिपरले बा प्र ०२–०३९ प ९९५२ नम्बरको स्कुटर शुक्रबार ठक्कर दिँदा घाइते भएकी ललितपुरको सानागाउँकी ४३ वर्षीया लक्ष्मीदेवी श्रेष्ठको शनिबार मृत्यु भएको हो।
जडिबुटीमा टिपरले स्कुटरलाई ठक्कर दिँदा घाइते महिला मृत्यु

काठमाडौं, असार ८ : जडीबुटीस्थित आकाशेपुलनजिक सडकमा टिपरले स्कुटर ठक्कर दिँदा घाइते भएकी महिलाको मृत्यु भएको छ।

बा३क ३०५३ नम्बरको टिपरले बा प्र ०२–०३९ प ९९५२ नम्बरको स्कुटर शुक्रबार ठक्कर दिँदा घाइते भएकी ललितपुरको सानागाउँकी ४३ वर्षीया लक्ष्मीदेवी श्रेष्ठको शनिबार मृत्यु भएको हो।

उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मउत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, स्कुटर चालकको अहिले पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:१६ बजे, शनिबार, असार ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्