‘सत्ता नै समाप्त हुने डरले गिरीबन्धु टी–इस्टेट फाइल खोलिएन’
उनले गिरीबन्धु टी–इस्टेट फाइल खोल्ने खोल्यो भने गठबन्धनको सबैभन्दा ठूलो पार्टीले सरकारलाई दिएकोसमर्थन फिर्ता लिन र सत्ता नै समाप्त हुने गरी भ्रष्टाचारको फाइल खोल्न नसकेको बताए।
काठमाडौं, असार ८ : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सत्ता नै समाप्त हुने डरले गिरीबन्धु टी–इस्टेट फाइल खोल्न नसकेको आरोप लगाएका छन्।
कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाडौं ६ को दोस्रो सम्मेलनमा उनले गिरीबन्धु टी–इस्टेट फाइल खोल्ने खोल्यो भने गठबन्धनको सबैभन्दा ठूलो पार्टीले सरकारलाई दिएकोसमर्थन फिर्ता लिन र सत्ता नै समाप्त हुने गरी भ्रष्टाचारको फाइल खोल्न नसकेको बताए।
गिरीबन्धु टी–इस्टेटलाई त अदालतले फैसला गरिसकेको छ नि। भ्रष्टाचारको फाइल खोल्छु भन्नेहरुलाई अब गिरीबन्धु टी–इस्टेटको फाइल खोल्न के गाह्रो भयो त? अब त्यो फाइल खोल्यो भने सरकार नै ढल्छ,’ उनले भने, ‘भ्रष्टाचारको फाइल खोल्नु पर्छ भनेको सत्तामा जानका लागि हो, सत्तामा गएपछि सत्ता नै समाप्त हुने गरी यहाँ भ्रष्टाचारको फाइल खोल्नेवाला छै ।’
उनले गृहमन्त्रीले संसदभित्र विदेशीलाई सूचना बेच्ने मान्छे छ भनेर आफ्नो पदको मर्यादाको समेत ख्याल नराखेको टिप्पणी गरे। उनले सरकारमा बसेर मनलाग्दी ढङ्गबाट जे पनि बोल्न नमिल्ने धारणा राखे।
सोही कार्यक्रममा नेता पौडेलले नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने बताए। नयाँ राजनीतिक दलमा पार्टीको नेतृत्वले गल्ती गरे पनि केही बोल्न नसक्ने अवस्था रहेको उनको भनाइ थियो । उनले कांग्रेस नै बढी लोकतान्त्रिक रहेको जिकिर गरे।
‘नयाँ आएको राजनीतिक पार्टीमा त्यो पार्टीको नेतृत्वले गल्ती गरे तैँले गल्ती गरिस् भनेर भन्ने आँट कसैको पनि हुँदो रहेन छ,’ उनले भने ।
सम्पूर्ण रूपमा लोकतन्त्रलाई कुण्ठित गरिएको नेतृत्वको पन्जाभित्र नयाँ पार्टी रहेको उनले बताए। आन्तरिक व्यवस्थाभित्र विधि बलियो हुने गरी पार्टीलाई अघि बढाउनुपर्ने उनले उल्लेख गरे।









![सभामुखले गरे नयाँ संसद भवनको अवलोकन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_43a811b5-1781505640.jpg)


