Kathmandu Press

कांग्रेस महामन्त्री गगन थापा भन्छन्– आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जानुहुँदैन

नेपाली कांग्रेस काठमाडौ‌ं क्षेत्र नं ६ प्रदेश (१)ले शनिबार आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई जनताका पक्षमा काम गर्न खबरदारी गर्नुपर्ने बताए।
कांग्रेस महामन्त्री गगन थापा भन्छन्– आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जानुहुँदैन

काठमाडौं, असार ८ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने बताएका छन्।

नेपाली कांग्रेस काठमाडौ‌ं क्षेत्र नं ६ प्रदेश (१)ले शनिबार आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई जनताका पक्षमा काम गर्न खबरदारी गर्नुपर्ने बताए।

Hardik ivf

महामन्त्री थापाले पार्टीभित्र पूर्णरुपमा एकता भए आगामी निर्वाचनमा एकल बहुत ल्याउन सकिने बताए। थापाले पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध भएका कारण २०४८ सालमा कांग्रेस एक्लैले बहुमत प्राप्त गरेको स्मरण गरे।

‘पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रस्टता र प्रतिबद्धताको आवश्यकता छ, यसलाई पूर्ण रूपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउन सकिन्छ,’ उनले भने।

महामन्त्री थापाले यही असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे बृहत् छलफल गरिने बताए। उनले निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे।

महामन्त्री थापाले केन्द्रमा कांग्रेसको सरकार नभए पनि तीन सय ३२ स्थानीय तहमा कांग्रेसको सरकार भएकाले जनताका लागि काम गर्न आग्रह गरे। उनले आगामी निर्वाचनअघि संविधानमा भएका केही कुराहरू संशोधन गरेर अगाडि बढ्नुपर्ने धारणा राखे।

प्रकाशित मिति: १८:४८ बजे, शनिबार, असार ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्