‘प्रतिपक्षको भूमिका थप सशक्त हुन्छ’
‘अहिले कांग्रेस सरकार बाहिर हुँदा प्रतिपक्षको भूमिकामा पनि प्रश्न गरिरहेको देख्छु,’ उनले भने, ‘व्यक्तिगतरुपमा मेरो पनि आलोचना भइरहेको छ। अब पार्टीले जनजीविकाको सवालमा केन्द्रित हुने छ।’
नवलपरासी, असार ८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षको भूमिका थप सशक्त हुने बताएका छन्।
नवलपरासीको पाल्हिनन्दन गाउँपालिका महेषपुरमा स्व. सांसद पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन गर्दै देउवाले संसद्मा कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको र कतिपयले आफ्नो समेत आलोचना गरिरहेकाले संसद्मा जनताको समस्यालाई प्रभावकारी ढंगले प्रस्तुत हुने बताए।
‘अहिले कांग्रेस सरकार बाहिर हुँदा प्रतिपक्षको भूमिकामा पनि प्रश्न गरिरहेको देख्छु,’ उनले भने, ‘व्यक्तिगतरुपमा मेरो पनि आलोचना भइरहेको छ। अब पार्टीले जनजीविकाको सवालमा केन्द्रित हुने छ।’
देउवाले मूल भन्सार भएर पनि महेषपुर भन्सार पूर्णरुपमा संचालनमा आउन नसकेको र यसको भौतिक एवं प्रशासनिक सुधारका लागि पहल गर्ने आश्वासन दिए।
पूर्वगृहराज्य मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेलका पिता पृथ्वीराज कँडेलको स्मृतिमा बसपार्कको नामकरण गरिएको र अर्धकदको सालिक निर्माण गरिएको हो।









![सभामुखले गरे नयाँ संसद भवनको अवलोकन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_43a811b5-1781505640.jpg)


