Kathmandu Press

‘अहिले खुल समाजवादी हुने, तर व्यवहारले हुन नचाहनेहरु धेरै छन्’

‘समाजवादीहरु यस्ता पनि छन्, समाजवादको कुरा गर्ने तर बुर्जुवाहरुसँगै सहकार्य गर्दै बस्ने अगाडि जानै नचाहनेहरु छन्,’ अर्थमन्त्री पुनले भने, ‘मुखले समाजवादी हुने तर व्यवहारले समाजवादी हुन नचाहनेहरु छन्।’
‘अहिले खुल समाजवादी हुने, तर व्यवहारले हुन नचाहनेहरु धेरै छन्’
फाइल तस्बिर।

काठमाडौं, असोज ८ : अर्थमन्त्री वर्षमान पुनले मुखले समाजवादी हुने तर व्यवहारले समाजवादी हुन नचाहनेहरु धेरै रहेको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले समाजवादको कुरा गर्ने तर बुर्जुवाहरुसँग सहकार्य गर्दै बस्ने अगाडि जानै नचाहनेहरु र मुखले समाजवादी हुने तर व्यवहारले समाजवादी हुन नचाहनेहरु धेरै रहेको बताए।

Hardik ivf

‘समाजवादीहरु यस्ता पनि छन्, समाजवादको कुरा गर्ने तर बुर्जुवाहरुसँगै सहकार्य गर्दै बस्ने अगाडि जानै नचाहनेहरु छन्,’ अर्थमन्त्री पुनले भने, ‘मुखले समाजवादी हुने तर व्यवहारले समाजवादी हुन नचाहनेहरु छन्।’

उनले अन्यायका विरुद्ध मोर्चा बनाएर अगाडि बढ्नु पर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि घट्नालाई हेर्ने सही दृष्टिकोण निर्माण गर्न आवश्यक भएको बताए।

एउटै पार्टीले राज्य व्यवस्था लिने र एउटा निर्देशित खालको समाजवादको कल्पना अझै नि गरिरहेको भन्दै आजको दुनियाँमा त्यो सम्भव नभएको उनको भनाई थियो।

‘एकथरी मानिसहरु लेनिनकै समाजवादको कुरा गर्छन्, एउटै पार्टीले राज्य व्यवस्था लिने र एउटा निर्देशित खालको समाजवादको कल्पना गर्दछन । त्यो आजको दुनियाँमा सम्भव छैन्,’ उनले भने।

प्रकाशित मिति: १८:३१ बजे, शनिबार, असार ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्