Kathmandu Press

पत्रकार महासंघ काभ्रेमा प्रेस युनियनले लगायो ताला

विधान बमोजिम जिल्ला शाखा र प्रदेश समितिले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै विधि, प्रक्रिया, विधान मिचेर सार्वजनिक भएको मतदाता नामावाली आफूलाई मान्य नभएको भन्दै युनियन काभ्रेले तालाबन्दी गरेको हो।
पत्रकार महासंघ काभ्रेमा प्रेस युनियनले लगायो ताला

काभ्रे, असार ८ : नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको मतदाता नामावलीप्रति असन्तुष्टी जनाउँदै नेपाल प्रेस युनियन काभ्रेले पत्रकार महासंंघ काभ्रेको कार्यालयमा तालाबन्दी गरेको छ।

पत्रकार महासंघले सार्वजनिक गरेको नामावली नसच्याई, सदस्यताको न्यायपूर्ण टुंगो नलगाई साधारणसभा, अधिवेशन सहितका कुनै पनि प्रक्रिया अगाडि नबढाउन युनियनले चेतावनी समेत दिएको छ।

Hardik ivf

विधान बमोजिम  जिल्ला शाखा र प्रदेश समितिले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै विधि, प्रक्रिया, विधान मिचेर सार्वजनिक भएको मतदाता नामावाली आफूलाई मान्य नभएको भन्दै युनियन काभ्रेले तालाबन्दी गरेको हो। सक्रिय पत्रकारहरुलाई बाहिर राखेर निश्चित समूहको स्वार्थमा सदस्य थप गरी सार्वजनिक गरिएको सदस्यता अन्यायपूर्ण रहेको युनियन काभ्रेको ठहर छ।

महासंघको विधान र महाधिवेशनको म्यान्डेड अनुसार शाखाबाट सिफारिस भएका सदस्य सूचीलाई महासंघकै संगठन समिति र शुद्धीकरण समितिको संलग्नता विना नै गलत बाटोबाट नामावली तयार गरी सार्वजनिक गरिएकाले प्रेस युनियन काभ्रेलाई मान्य नभएको जनाएको छ।

विधान, विधि, प्रक्रिया अनुसार नेपाल पत्रकार महासंघकै शाखाहरु र प्रदेश समितिले पठाएको सदस्यता कायम गर्न युनियनले माग समेत गरेको छ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाले सर्वसम्मत रुपमा टुंगो लगाएर प्रदेश र केन्द्रमा पठाएको नयाँ सदस्यता समेत स्विकृत गरी कृयाशिल पत्रकारहरुको सदस्यता पाउने हक सुनिश्चित गर्न पनि अनुरोध समेत गरेको छ।

युनियनको  माग विपरित अधिवेशन÷साधारणसभा सहितका कुनै पनि प्रक्रिया अगाडी बढाएमा सोबाट उत्पन्न हुन जाने परिस्थितिको जवाफदेही स्वयं महासंघ नै हुने समेत युनियनले जनाएको छ।

प्रकाशित मिति: १८:२१ बजे, शनिबार, असार ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्