Kathmandu Press

कांग्रेसलाई कसैले पनि हराउन नसक्नेगरी जनस्तरमा काम गर्न कार्यकर्तालाई देउवाको निर्देशन

पार्टीमा दण्ड र पुरस्कारको थिति कडाईका रुपमा बसाल्छौं बताउँदै सभापति देउवाले ढुक्क भएर काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।
कांग्रेसलाई कसैले पनि हराउन नसक्नेगरी जनस्तरमा काम गर्न कार्यकर्तालाई देउवाको निर्देशन

नवलपरासी, असार ८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई कसैले पनि हराउन नसक्नेगरी जनस्तरमा काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

नवलपरासीको परासीमा पार्टिका नेता तथा कार्यकर्तासँगको अन्तरक्रियामा सभापति देउवाले राख्नु यस्तो धारणा राखेका हुन्। उनले चुनावमा हुने अन्तरघात हटाउन अहिलेदेखि नै योग्यता र क्षमताका आधारमा पदीय जिम्मेवारीको बाडफाँट गर्न आग्रह गरे।

Hardik ivf

यस्तै, सबै तहमा प्रशिक्षण राखेर राष्ट्रिय राजनीतिको विचार विश्लेषण गर्न उनले आग्रह गरे।

पार्टीमा दण्ड र पुरस्कारको थिति कडाईका रुपमा बसाल्छौं बताउँदै सभापति देउवाले ढुक्क भएर काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

प्रकाशित मिति: १७:२५ बजे, शनिबार, असार ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्