Kathmandu Press

हामीलाई सरकारबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले जनवादी क्रान्ति जस्तो लामो अवधि नभए पनि तुलनात्मक रुपले छोटो अवधिमा समाजवादी क्रान्तिको यात्रा नेपालमा प्रारम्भ हुने विश्वास लिएको बताए।
हामीलाई सरकारबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं, असार ८ : प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको दल माओवादी केन्द्रलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन्।  

काठमाडौंमा शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सरकार पुरा अवधि चलाउने दाबी गरे।

Hardik ivf

‘म प्रधानमन्त्री पदमा धेरै दिन बस्दैन होला भन्ने धेरै हल्लाहरु सुनिएको थियो, यो भन्दाभन्दै आज डेढ वर्ष भइसकेको छ, म बसिरहेकै छु। मैले जे अवस्थाहरु देखेको छु, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ,’ उनले भने, ‘ढुक्क भएर काम गरे हुन्छ, हामीलाई हटाउन सजिलो छैन। हामीले गरेका समझदारीहरु इमानदार भएर निभाएका छौ, त्यसकारण आज केही हुन्छ भोलि के हन्छ भन्ने कुरा बेकार हो। त्यतातिर दिमाग लानै पर्दैन ।’

प्रधानमन्त्री दाहालले जनवादी क्रान्ति जस्तो लामो अवधि नभए पनि तुलनात्मक रुपले छोटो अवधिमा समाजवादी क्रान्तिको यात्रा नेपालमा प्रारम्भ हुने विश्वास लिएको बताए।

देशको विविधताको अवस्था सबैलाई विचार गरेर नै नयाँ राष्ट्रिय एकताको परिकल्पना गरेको भन्दै उनले त्यसका लागि उत्पीडनमा परेका दलित, महिला र मुस्लिमहरुलाई विशेष अधिकारको व्यवस्था हुनुपर्ने मान्यताका साथ अघि बढ्ने बताए।

‘देशको विविधताको अवस्था सबैलाई विचार गरेर नै यो देशको नयाँ राष्ट्रिय एकताको परिकल्पना भएको हो,’ उनले भने, ‘नयाँ राष्ट्रिय एकताको लागि सबै उत्पीडित जातिहरुलाई अधिकार दिन तयार हुनुपर्छ भन्ने मान्यता हामीले अगाडि सारेको हो।’

सरकार, सदन र सडकको तर्फबाट फेरि नयाँ उचाइबाट आन्दोलन अगाडि बढाउन आवश्यक रहेको भन्दै उनले मोर्चाहरुलाई बलियो बनाएर अभियानको रुपमा अगाडि लाने क्रममा रहेको पनि भनाइ राखे।

प्रकाशित मिति: १७:१६ बजे, शनिबार, असार ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्