Kathmandu Press

बजेटकै कारण सत्ता गठबन्धनमा समस्या हुँदैन : मन्त्री शर्मा

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले बजेटप्रति व्यक्त गुनासा एवं त्यसमा भएका त्रुटिलाई सम्भव भएसम्म सुधार गरेर जाने प्रयत्न भइरहेको बताइन्।
बजेटकै कारण सत्ता गठबन्धनमा समस्या हुँदैन : मन्त्री शर्मा
फाइल तस्बिर।

कैलाली, असार ८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्तासाझेदार दलबीच समस्या नहुने बताएकी छन्।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले बजेटप्रति व्यक्त गुनासा एवं त्यसमा भएका त्रुटिलाई सम्भव भएसम्म सुधार गरेर जाने प्रयत्न भइरहेको बताइन्।

Hardik ivf

‘जनतातिर फर्केको, समाजवादोन्मुख र उत्पादनलाई ध्यान दिएको बजेट छ,’ उनले भनिन्।

बजेटमा कतिपय कुरा सच्च्याएर जान सकिने भए पनि सुधार गरेर लैजान पाइँदैन भन्ने परम्परागत संसदीय व्यवस्थाको अभ्यासलाई मानेर जानुपर्छ भन्नु बेठिक भएको उनले बताइन्।

अहिलेको गठबन्धन सरकारको विकल्पबारे नसोचिएको मन्त्री शर्मा बताइन्। सत्तापक्षीय दलबीच लामो समयसम्म सहकार्य गरेर जाने पक्षमा नेकपा माओवादी केन्द्र रहेको बताइन्।

प्रकाशित मिति: १४:११ बजे, शनिबार, असार ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्