Kathmandu Press

नेकपा एसको महाधिवेशनमा १८ सय प्रतिनिधि

असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट १ हजार ८ सय प्रतिनिधि छानिएका छन्।
नेकपा एसको महाधिवेशनमा १८ सय प्रतिनिधि

काठमाडौं, असार ८ : नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनका लागि १ हजार ८ सय प्रतिनिधि छनोट भएका छन्।

असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट १ हजार ८ सय प्रतिनिधि छानिएका छन्।

Hardik ivf

महाधिवेशनका लागि १ हजार ८ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट हुन बाँकी रहेको बताइएको छ।

अधिकांश स्थानमा सर्वसम्मतरुपमा प्रतिनिधि छनोट भएको जनाउँदै पन्तले केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट छनोट गरिएको बताए। महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब ४५० केन्द्रीय नेता स्वतः प्रतिनिधि हुनेछन्।

यसअघि केन्द्रीय नेता पनि चुनियर आउनपर्ने निर्णय गरिएकामा उक्त व्यवस्थालाई संशोधन गरी केन्द्रीय तहका नेता स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको थियो। छनोट गरिएका प्रतिनिधिको कूल संख्याको पाँच प्रतिशत अर्थात ९५ जना मनोनयन गर्ने व्यवस्था छ।

प्रकाशित मिति: १४:०४ बजे, शनिबार, असार ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्