Kathmandu Press

शान्ति प्रक्रियाको काम चाँडै पूरा हुन्छ : मन्त्री श्रेष्ठ

उनले शान्ति प्रक्रिया नटुङगिएको कारण अहिलेको परिवर्तन सहिद नै रहेको भन्दै संक्रमणकालिन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिवद्धताकासाथ अगाडि बढिराखेको बताए।
शान्ति प्रक्रियाको काम चाँडै पूरा हुन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं, असार ८ : परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रिया नटुङगिएका कारण अहिलेको परिवर्तन ‘सहिद’ नै रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित स्मृतिमा पद्यमरत्न तुलाधार पुस्तक विमोचन कार्यक्रममा उनले शान्ति प्रक्रिया नटुङगिएको कारण अहिलेको परिवर्तन सहिद नै रहेको भन्दै संक्रमणकालिन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिवद्धताकासाथ अगाडि बढिराखेको बताए।

Hardik ivf

‘नेपाल अहिले शान्ति प्रक्रियाको कारणले गर्दा हालको परिवर्तन सहिद छ । शान्ति प्रक्रियाको काम अझै गर्न बाँकी छ,’ उनले भने, ‘संक्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिवद्धताकासाथ अगाडि बढ्नुपर्नेछ।’

उनले स्वर्गीय पद्यमरत्न तुलाधार एक बहुआयामिक व्यक्तित्व रहेको स्मरण गरे। तुलाधारले उत्पीडित भाषा र सांस्कृतिको पक्षमा भएको आन्दोलनको नेतृत्व गर्नका साथै त्यो आन्दोलनमार्फत नेपालको यथास्थितिवाद र राजनीतिक निरङकुशताका विरुद्ध पनि संघर्ष झेलेको बताए।

उनले तुलाधारको योगदानलाई सदैव सम्मान गर्दै उहाँले देखेका सपनाहरु पूरा गर्न सबै जना लागि पर्नुपर्ने बताए।

प्रकाशित मिति: १३:१८ बजे, शनिबार, असार ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्