आबुखैरेनीमा बस दुर्घटना, ६ जना घाइते
काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ना५ख ४३७४ नम्बरको बस शनिबार बिहान अनियन्त्रित हुुँदा सडकको बायाँतर्फ नालीमा दुर्घटना भएको थियो।
तनहुँ, असार ८ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ना५ख ४३७४ नम्बरको बस शनिबार बिहान अनियन्त्रित हुुँदा सडकको बायाँतर्फ नालीमा दुर्घटना भएको थियो।
प्रहरीका अनुसार दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका–१३ बस्ने ३० वर्षीया सुनिता गुरुङ, पाँच वर्षीय रेशम सुनुवार, पोखरा–३२ बस्ने २५ वर्षीया संगीता तिवारी, २८ वर्षीय सन्दीप तिवारी, धादिङको ज्वालामुखी गाउँपालिका–७ बस्ने ३८ वर्षीय टेकनाथ कँडेल र १० वर्षीया सुरक्षा कँडेल घाइते भउका छन्।
उनीहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: १२:४९ बजे, शनिबार, असार ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार