ठूला सहरमा जनसंख्याको चाप घटाउन बालेनको आग्रह
‘ठूला सहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्छ। भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक फरक ठाउँका सहरहरुको समस्या फरक हुन सक्छन्,’ बालेनले भने, ‘यति भएर पनि केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन् ।’
काठमाडौं, असार ८ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ठूला शहर केन्द्रीत बसाइँसराइको बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्ने बताएका छन्।
ब्राजिलको साओ पाउलोमा सम्पन्न मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर शुक्रबार स्वदेश फर्किएका शाहले बैठकमा ‘मेट्रोपोलिस नीति बहस’ मा बोल्दै बालेनले बसाइँसराइको बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीतिको खाँचो औंल्याए।
‘ठूला सहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्छ। भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक फरक ठाउँका सहरहरुको समस्या फरक हुन सक्छन्,’ बालेनले भने, ‘यति भएर पनि केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन् ।’
निर्देशक समितिका बैठक साओ पाउलोमा असार ५ र ६ गते सञ्चालन भएको थियो। बैठकसँगै प्रमुख शाहले ‘मेयर राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवनस्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा सहरका भवन तथा बसोबास व्यवस्थापनका विषयमा सहभागी बनेका थिए।
उनले सो बहसमा ठुला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर र सहर जीवनयापनका सुविधाहरु नजिक रहेका सहरहरुमा पु¥याएर, ठुला सहरमा केन्द्रीकृत हुँदै गएको जनसंख्याको चाप घटाउन थाल्नुपर्नेमा जोड दिएका थिए।
‘बसाइँसराइले सहरी चाप बढ्ने मात्र होइन, गाउँठाउँका मौलिक संस्कृति पनि नासिन्छन्। भाषा पनि नासिन्छ। ग्रामीण जीवनसँग जोडिएका विविध आयाम जोगाउन पनि यस्ता नीतिको खाँचो छ,’ उनले भनेका थिए।
नीति बहस सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत थियो।









![सभामुखले गरे नयाँ संसद भवनको अवलोकन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_43a811b5-1781505640.jpg)


