Kathmandu Press

दुई तिहाइ जित्न मिसन ०८४ को लक्ष्यमा अघि बढौं : चौधरी

पार्टीको नीतिलाई बोक्ने नेतृत्व स्थापित हुँदै जाने भन्दै उनले विकासको सपना बोक्ने पार्टी एमाले नै भएको दाबी गरिन्। उनले विकासको मूल फुटाउनका निम्ति पनि एमालेले जित्न आवश्यक रहेको बताइन्।
दुई तिहाइ जित्न मिसन ०८४ को लक्ष्यमा अघि बढौं : चौधरी

सुनसरी, असार ८ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले अबको लक्ष्य मिसन २०८४ नै भएको बताएकी छन्।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेकी मन्त्री चौधरीले नेकपा एमाले इटहरी नगर कमिटीको नवौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै त्यस्तो बताएकी हुन्।

Hardik ivf

सम्पूर्ण पार्टी पङ्क्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने भन्दै उनले भनिन्,‘राष्ट्रियताको मिसन बोक्दै, राष्ट्र बनाउने मिसन लिएर अगाडि बढेको पार्टी नेकपा एमाले हो। पार्टीलाई एक नम्बरको बनाउनका निम्ति अबको हाम्रो यात्रा मिसन ०८४ हो। अब हामी सबै मिसन ८४ को लक्ष्यमा केन्द्रित हुनुपर्छ।’

पार्टीको नीतिलाई बोक्ने नेतृत्व स्थापित हुँदै जाने भन्दै उनले विकासको सपना बोक्ने पार्टी एमाले नै भएको दाबी गरिन्। उनले विकासको मूल फुटाउनका निम्ति पनि एमालेले जित्न आवश्यक रहेको बताइन्।  

‘हामी नेकपा एमाले हौँ । हामी सबैको एउटै आँगन हा । हामीले राज्यसत्तालाई टिकाउ र स्थायी सरकार दिनका लागि। विकासको मूल फुटाउनका लागि कम्तीमा पनि दुई पटकसम्म एमाले नेतृत्वमा आउनुपर्छ,’ उनले भनिन्।

एमालेले सरकारको नेतृत्व गर्ने अवस्था आएमा जनताका आशा अपेक्षा पुरा हुने दाबी मन्त्री चौधरीले गरिन्।  उनले स्थानीय, प्रदेश र संघमा कम्तीमा बहुमत ल्याउने गरी अहिलेदेखि नै लार्ने बताइन्।

पार्टीभित्र कसैलाई पनि निषेध गर्नेगरी जान नहुने भन्दै मन्त्री चौधरीले पार्टीभित्रको आन्तरिक समस्या बसेर समाधान गर्नुपर्ने बताइन्। ए

एउटै आँगन, एउटै क्षेत्र, एकै ठाउँ जाने भएकाले अधिवेशनले मिसन २०८४ लाई सहयोग गर्ने उनको विश्वास थियो।

प्रकाशित मिति: ११:५१ बजे, शनिबार, असार ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्