Kathmandu Press

आज गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

उपत्यका सहित गण्डकी प्रदेशका केही, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा शनिबार बिहानैदेखि मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
आज गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं, असार ८ : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनी प्रणालीको प्रभाव कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशको पूर्वी भू–भागमा रहेको छ।

उपत्यका सहित गण्डकी प्रदेशका केही, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा शनिबार बिहानैदेखि मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

Hardik ivf

बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र  मधेश प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ। साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै, शनिबार राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक  देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले सर्तकर्ता अपनाउन विभागले आग्रह गरेको छ।

पछिल्लो २४ घण्टामा दाङको घोराहीमा सबैभन्दा धेरै पानी परेको छ। घोराहीमा ५६.१, त्यसपछि पोखरामा, ४३.४, ताप्लेजुङमा १०.२, धनकुटामा ९.३ वर्षा मापन भएको छ।

प्रकाशित मिति: ०९:११ बजे, शनिबार, असार ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्