गीतमा घन्कियो विकासको माग
कार्यक्रममा वडाले गरेका विकास निर्माण, आगामी दिनहरुमा ल्याउनु पर्ने कार्यक्रमबारे गीतसंगीत मार्फत जानकारी गराइएको थियो। साथै कुनै समस्या आउँदा वडामा सम्पर्क राख्ने देखि स्वास्थ्य समस्या पर्दा अस्पताल जान गीतमार्फत आग्रह गरिएको थियो।दिदी बहिनी ख्याल गर्नुस् हरेक पल
गर्भ बसे गै हालौँ अस्पताल
अध्यक्षज्यू यी कुरा सुन्दिनुस
के शीर्षकमा छ बजेट भन्दिनुस्र
शुक्रबार बेथानचोक गाउँपालिकाका वडा नं. १ को कार्यालय प्राङ्गण यस्तै गीतहरुसँगै गुञ्जायमान बन्यो। वडा नं. १ को आयोजनामा सञ्चालित महिला समूह स्तरीय साँस्कृतिक कार्यक्रममा महिला समूहका सदस्यहरुले वडाले गर्दै आएका विकास निर्माणबारे चेतना जगाउने गीत प्रस्तुत गरेको थिए। १० वटा समूहहरुको सहभागिता रहेको सो कार्यक्रम प्रतिस्पर्धात्मक नभइ चेतनामूलक गीत प्रस्तुत गरेका थिए।
कार्यक्रममा वडाले गरेका विकास निर्माण, आगामी दिनहरुमा ल्याउनु पर्ने कार्यक्रमबारे गीतसंगीत मार्फत जानकारी गराइएको थियो। साथै कुनै समस्या आउँदा वडामा सम्पर्क राख्ने देखि स्वास्थ्य समस्या पर्दा अस्पताल जान गीतमार्फत आग्रह गरिएको थियो।
कार्यक्रममा वडाध्यक्ष एवम् बेथानचोक गाउँपालिकाका प्रवक्ता मधुसुदत तिमल्सिनाले वडामा कस्ता विकास आवश्यक छन भन्ने सवालमा हुने वडा भेलामा प्राय पुरुष बाहुल्यता हुने भएकोले महिला, बालबालिकाका सवाल ओझेल पर्न सक्ने भएकाले यस प्रकारका कार्यक्रमले जनचेतना बढाउने बताए।
वडाले के–के कार्यक्रम गरेको छ? के–के गर्दछ, भावी दिनहरुमा कस्ता कार्यक्रम आवश्यक छन भन्ने विषयमा जानकारी दिन कार्यक्रम सहयोगी हुने उनको भनाइ थियो।
कार्यक्रममा दण्डप्रसाद दाहालले स्थानीय तहको विकासका लागि तय गरिएको योजना निर्माण प्रक्रियामा महिला बालबालिकाको सहभागिता अर्थपूर्ण हुने भएकोले वडाले गरेको यस प्रकारको कार्यक्रमले स्थानीय सरकार र वडाबासीमा दुरी कम भएको बताए।
कार्यक्रममा भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रसाद तिमल्सिनाले स्थानीय तहले रोजगारीका अवसर बढाउन, विदेश वा सहर केन्द्रित युवा वर्गलाई स्थानीय तहमै रोक्न, कृषि तथा पशुपन्छी पालनको उत्पादकत्व वृद्धि गर्नेत्र कार्यक्रम ल्याउन सुझाव दिए। यस्तै महिला नेतृ गोमा गोलेले कृषि तथा पशुपालनको पकेट क्षेत्रको घोषणा गर्न माग गरिन्।
कार्यक्रममा प्रगतिशील महिला समूहले सरसफाइ सम्बन्धि, जनज्योति महिला समूहले पर्यटन विकास सम्बन्धी तथा बाघ भैरव महिला समूहले शिक्षा सम्बधि चेतनामूलक गीत प्रस्तुत गरेका थिए।
यस्तै सयपत्री महिला समूहले बालअधिकार, चन्देवी महिला समूहले विकास निर्माण, सगरमाथा महिला समूहले गर्भावस्थाको स्याहारका विषयमा चेतनामूल्क गीत प्रस्तुत गर्दा नमूना महिला समूहले लैंगिक हिंसाविरुद्ध, लाली गुँरास महिला समूहले महिला अधिकार, नवज्योति महिला समूहले मादक पदार्थसम्बन्धी चेतनामूलक गीत प्रस्तुत गरेका थिए।
यस्तै जनचेतना महिला समूहले कृषि पेशामा सम्भावनाका विषयमा, चक्रेरश्व माध्यमिक विद्यालयले समग्र वडामा आवश्यक विकासमा साथै वडाको पहिचान झल्कने गीत, स्वास्थ्य चौकीबाट स्वास्थ्य सम्बन्धि चेतनामूलक गीत प्रस्तुत गरिएको थियो।
यस्तै कार्यक्रममा महिला महांकाल सहकारीले सहकारी सम्बन्धी, भैरव मा।वि।ले शिक्षा विकास सम्बन्धी तथा च्याम्राङबेंसी युवा क्लवले युवाका सवाल, विकासर रोजगारी सम्बन्धि चेतनामूलक गीत प्रस्तुत गरेका थिए।