इन्जिनियरिङ लाइसेन्स परीक्षामा सामेल नगराए आन्दोलन गर्ने विद्यार्थीको चेतावनी
उनीहरुले नेपाल इन्जिनियरिङ्ग काउन्सिल, पोखरा विश्वविद्यालय प्रशासन र नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयका साथै अन्य सरोकारवालको ध्यानाकर्षण गराएका जानकारी दिए।
काठमाडौं, असार ८ : उपत्यकाका पाँच क्याम्पसमा क्रियाशील कांग्रेस निकट नेविसंघ क्याम्पस इकाई समितिका सभापतिहरुले इन्जिनियरिङ लाइसेन्स परीक्षामा सामेल हुन पाउने वातावरण निर्माण गर्न सरोकारवालहरुको ध्यानकर्षण गराएका छन्।
पोखरा र काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुलाई इन्जिनियरिङ लाइसेन्स परीक्षामा सामेल हुन पाउने वातावरण निर्माण गर्न सरोकारवालहरुको ध्यानकर्षण गराएका हुन्।
युनिभर्सल कलेजका नेविसंघ इकाइ सभापति विनोद रावल, कसमस कलेजका सभापति जेनिथ साह, एनसिआईटी कलेजका सभापति टिकेश भट्ट, एभरेष्ट कलेजका सभापति प्रजितअधिकारी र नेपाल ईन्जिनियरिङ्ग कलेजका सभापति सलन खत्रीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै ध्यानकर्षण गराए छन्।
उनीहरुले नेपाल इन्जिनियरिङ्ग काउन्सिल, पोखरा विश्वविद्यालय प्रशासन र नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयका साथै अन्य सरोकारवालको ध्यानाकर्षण गराएका जानकारी दिए।
मागलाई वेवास्था गरेको खण्डमा वा २४ घण्टाभित्र उक्त निर्णय नसच्चाए नेपाल विद्यार्थी संघले नेपाल काउन्सिल र पोखरा विश्वविद्यालयविरुद्ध थप सर्घषका कार्यक्रम सार्वजनिक गर्ने उनीहरुले चेतावनी दिएका छन्।
उपत्यकाका पाँच सभापतिले नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई भेटेर पोखरा विश्वविद्यालयका विद्यार्थीहरुलाई नेपाल इन्जिनियरिङ काउन्सिलले लाइसेन्स परीक्षामा सहभागी हुने वातावरण मिलाउन उचित पहल गरिदिन आग्रह गरेका छन्।
काउन्सिल र पोखरा विश्वविद्यालयको चरम लापवाहीका कारण विद्यार्थीहरुको भविष्य अन्योलमा पर्ने अवस्था आएको र त्यसको मुख्य कारक पोखरा विश्वविद्यालयको परीक्षा नियन्त्रक नतिजा प्रकाशित भएपछि पनि आफ्नो कर्तव्यबाट भाग्दै आफूखुशी बिदामा बसेर सम्पुर्ण विद्यार्थीको भविष्य अन्योलमा पारेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको एनसीआईटी कलेजका सभापति टिकेश भट्टले बताए।












