Kathmandu Press

‘घर ज्वाइँ’ पहिलो गीत ‘बिन्जुरी’ सार्वजनिक

गीतमा फिल्मका नायक दयाहाङ राईको नायिका मिरुना मगर प्रतिको प्रेमाकर्षणलाई प्रस्तुत गरिएको छ।
‘घर ज्वाइँ’ पहिलो गीत ‘बिन्जुरी’ सार्वजनिक

काठमाडौं, असार ८ : असार २८ गतेबाट रिलिज हुने फिल्म ‘घर ज्वाइँ’को गीत ‘बिन्जुरी’ सार्वजनिक भएको छ। गीतमा एसडी योगीको संगीत, अविरल विष्टको शब्द र संगीतकार योगीकै स्वर छ।

गीतमा फिल्मका नायक दयाहाङ राईको नायिका मिरुना मगर प्रतिको प्रेमाकर्षणलाई प्रस्तुत गरिएको छ। बिन्जुरीको अर्थ हो फूल। त्यसकारण पनि गीतमा मिरुनालाई ‘बिन्जुरी’का रुपमा सम्बोधन गरिएको छ।

अनिल बुढामगर निर्देशित फिल्म पूर्वी रुकुम आसपास छायांकन गरिएको हो। जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन्।

फिल्ममा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन ‘खबपु’, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगरको अभिनय छ।

फिल्ममा अनिलकै कथा, अनिल, विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा, सुसन प्रजापतिको छायांकन, एसडी योगी तथा राम अविरल विष्टका अलावा हर्क साउद गीत र मनोज थापाको समेत संगीत रहेको छ।

कृष्ण भन्डारीको सम्पादन रहेको फिल्ममा डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल रहेको छ । यस्तै एमएसएमले अष्ट्रेलियाले फिल्मको विदेश प्रदर्शन अधिकार लिएको छ भने नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ।

प्रकाशित मिति: ०७:२९ बजे, शनिबार, असार ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्