Kathmandu Press

निजामति सेवा सम्बन्धी विधेयक चाँडै स्विकृत हुन्छ : मन्त्री जोशी

उनले विधेयक संघीय संसदमा प्रस्तुत भई प्रारम्भिक छलफल पश्चात राज्य व्यवस्था समितिमा दफावार छलफलको लागि गएको भन्दै छिटै स्विकृत हुने बताए।
निजामति सेवा सम्बन्धी विधेयक चाँडै स्विकृत हुन्छ : मन्त्री जोशी

काठमाडौं, असार ८ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा व्यवस्थापन सम्बन्धी विधेयक आउँदो अधिवेशनबाट स्वीकृत गर्नेगरी काम अगाडि बढेको बताएका छन्।

शुक्रबार मन्त्रालयमा मन्त्री भएको सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले विधेयक संघीय संसदमा प्रस्तुत भई प्रारम्भिक छलफल पश्चात राज्य व्यवस्था समितिमा दफावार छलफलको लागि गएको भन्दै छिटै स्विकृत हुने बताए।

Hardik ivf

‘संघीय निजामति सेवालाई सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत भई प्रारम्भिक छलफल पश्चात राज्य व्यवस्था समितिमा दफावार छलफलको लागि गएको छ,’ उनले भने, ‘प्रस्तुत विधेयक यसै अधिवेशनबाट स्वीकृत हुनेगरी छलफललाई तिव्रता दिन समिति तथा राजनीतिक दलसँगको औपचारिक अनौपचारिक संवादलाई अगाडि बढाइएको छ।’

यस्तै, उनले संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले जिल्ला समन्वय समितिलाई दिएको भूमिकालाई थप प्रभावकारी बनाउनेगरी स्थानीय तहको प्रगति तथा अनुगमन प्रणाली सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गरी सूचना प्रविधिमा आधारित अनुगमन प्रणाली सञ्चालनमा ल्याइएको बताए।

महिला, बालबालिका र किशोरीमा रहेको कूपोषणजन्य समस्यालाई स्थानीय तहमा शासकीय अभियानको रूपमा सञ्चालनमा सहयोग पुग्नेगरी पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०८० स्वीकृत भएको पनि उनले जानकारी दिएका छन्।

प्रकाशित मिति: ०७:१२ बजे, शनिबार, असार ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्