Kathmandu Press

८ देशका लागि सरकारले गर्‍यो राजदूत सिफारिस, को कहाँ?

मन्त्रिपषिद बैठकले भारतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, अमेरिकाको राजदूतका लागि चन्द्र घिमिरे, बेलायतका लागि डा. विजन पन्त सिफारिस गरेको छ।
८ देशका लागि सरकारले गर्‍यो राजदूत सिफारिस, को कहाँ?

काठमाडौं, असार ७ : सरकारले ८ देशका लागि राजदूत सिफारिस गरेको छ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सत्तारुढ दलबीच भएको भागवण्डाका आधारमा ८ जना राजदूत सिफारिस गरेको हो।

Hardik ivf

मन्त्रिपषिद बैठकले भारतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीको नाम सिफारिस गरेको छ। पूर्वमूख्यसचिव रहेका रेग्मी यसअघि पनि बेलायतको राजदूत थिए। उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो।

यस्तै, मन्त्रिपरिषद् बैठकले अमेरिकाको राजदूतका लागि चन्द्र घिमिरे, बेलायतका लागि डा. विजन पन्त सिफारिस गरेको छ। यस्तै, सञ्जीवकुमार शर्मा अष्ट्रेलियाको न्यू साउथ वेल्सका लागि र निराजन गौली भिक्टोरियाको अवैतानिक राजदूतमा सिफारिस भएका छन्।

यस्तै, पुष्पराज राजकर्णिकार स्पेन, नेत्रप्रसाद तिमल्सेना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूतका लागि सिफारिस भएका छन्।

अघिल्लो सातामा मात्र सरकारले कांग्रेस र जसपाबाट सिफारिस भएका ११ राजदूतलाइृ फिर्ता बोलाएको थियो।

 

प्रकाशित मिति: २०:४२ बजे, शुक्रबार, असार ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्