‘रास्वपाको प्रगति लोभलाग्दो छ तर जनतालाई धोका नहोस्’
अध्यक्ष लिङ्देनले नेपाली राजनीतिमा रास्वपाले छोटो समयमा जनाएको उपस्थिति लोभलाग्दो रहेको भएपनि जनमतको कदर गर्न आवश्यक रहेको बताए।-1718978459.jpg)
काठमाडौं, असार ७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनताले आशा र विश्वासका साथ मत दिएका जनतालाई धोका दिने काम नगर्न आग्रह गरेका छन्।
पार्टी स्थपनाको दुई वर्ष पूरा गरेको अवसरमा रास्वपाद्धारा आयोजित चियापान समारोहमा सरिक भएका अध्यक्ष लिङ्देनले नेपाली राजनीतिमा रास्वपाले छोटो समयमा जनाएको उपस्थिति लोभलाग्दो रहेको भएपनि जनमतको कदर गर्न आवश्यक रहेको बताए।
‘एउटा राजनीति पार्टीले अर्को राजनीतिक पार्टीको सार्वजनिक रुपमा मुल्याङ्कन गर्नुभन्दा पनि आज रास्वपा स्थापनाको दुई वर्ष पूरा भएको अवसरमा शुभकामना व्यक्त गर्न आएका हौं,’ ‘नेपालको राजनीतिमा एउटा नयाँ दलले यस्तोखाले प्रगति गरेकामा खुशी छौं। जनताले जसरी आशा र विश्वासका साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेर मत दिएका थिए, उनीहरुलाई धोका गर्ने काम नहोस्।’
रास्वपा संसदमा प्रवेश गरेपछि संसदको गणितमा परिवर्तन भएपनि संसदको प्रवृत्ति र अवस्था भने यथावत रहेको बताए।
‘उहाँहरु आएपछि संसदको गणितमा फरक भयो होला, प्रवृति र अवस्था उही छ। नियमावलीहरुमा दुई चार अक्षर तलमाथि भए होलान तर समस्या उही छन्,’ ‘उनै राजनीतिक दल र तिनका मुख्य नेताहरुले निर्णय गर्ने प्रवृत्ति यावत छ।’












