Kathmandu Press

निर्माणाधीन संसद भवनको काम छिटो सक्न ध्यानाकर्षण

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा सांसदहरुले संसद भवन निर्माण सम्पन्न गर्न सरकारले निर्माण कम्पनीको ध्यानाकर्षण गराउनुपर्ने धारणा राखेका छन्।
निर्माणाधीन संसद भवनको काम छिटो सक्न ध्यानाकर्षण

काठमाडौं, असार ७ : राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सिंहदरबारमा निर्माणाधीन संसद भवनको  कार्य प्रगति विवरणबारे सहरी विकास मन्त्रालयसँग छलफल गरेको छ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा सांसदहरुले संसद भवन निर्माण सम्पन्न गर्न सरकारले निर्माण कम्पनीको ध्यानाकर्षण गराउनुपर्ने धारणा राखेका छन्।

Hardik ivf

सांसद नरबहादुर बिष्टले भवनको डिजाइनका सन्दर्भमा अख्तियारबाट पटक पटक चिठी आउने र कर्मचारी तथा निर्माण कम्पनी डराउने भएका कारण निर्माणमा ढिलाई भइरहेको बताए।
 
‘पूराना वस्तुकला अनुसार डिजाइन गर्दैगर्दा अख्तियारबाट पटक पटक चिठी आउने र निर्माण कम्पनी पनि डराउने अनि कर्मचारी पनि डराउने कारणले निर्माणमा ढिलाई भएको हो कि ?’, उनको प्रश्न थियो।

आयोजनाहरु निर्माणका क्रममा अदालतमा दर्ता भएका मुद्दाहरुको छिटो निरुपण नहुनुको कारण समेत विकास निर्माणमा ढिलाइ भइरहेको बताए।

समिति सभापति मायाप्रसाद शर्माले छिटोभन्दा छिटो नयाँ भवन बनाउन आग्रह गर्दै छिट्टै नयाँ संसद भवनमा समिति बैठक बसाउन पाउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १८:०६ बजे, शुक्रबार, असार ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्