Kathmandu Press

‘दुग्ध संस्थानमा दादागिरी धेरै भयो, अब उथलपुथल गर्छु’

उनले किसान र व्यवसायीहरूलाई प्रोत्साहन गर्नुपर्ने ठाउँमा निरुत्साहित भइरहेको भन्दै सञ्चालकहरुको दादागिरी कहिलेसम्म चल्छ भनेर प्रश्न गर्दै डेढ महिनाभित्रमा उथलपुथल गर्ने र त्यसको लागि जे चुकाउनपरे पनि तयार रहेको बताइन्।
‘दुग्ध संस्थानमा दादागिरी धेरै भयो, अब उथलपुथल गर्छु’

काठमाडौं, असार ७ : कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी शाहले डेढ महिनाभित्र दुग्ध विकास संस्थानमा उथलपुथल गर्ने टिप्पणी गरेकी छिन्।

शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले किसान र व्यवसायीहरूलाई प्रोत्साहन गर्नुपर्ने ठाउँमा निरुत्साहित भइरहेको भन्दै सञ्चालकहरुको दादागिरी कहिलेसम्म चल्छ भनेर प्रश्न गर्दै डेढ महिनाभित्रमा उथलपुथल गर्ने र त्यसको लागि जे चुकाउनपरे पनि तयार रहेको बताइन्।  

Hardik ivf

‘कहीं नभएको जात्रा दुग्ध संस्थामा भएको छ। किसान र व्यवसायी माथि खेलवाड गर्न पाइँदैन । त्यति धेरै मेहेनत गर्नेहरूलाई त प्रोत्साहन गर्नुपर्ने हो तर आज निरुत्साहित किन भइरहेको छ? हामी यहाँसम्म के का लागि? कमान्ड कन्ट्रोल गर्न सकिँदैन भने छोड्दिए हुन्छ,’ उनले भनिन्, अब यहााँ दादागिरी धेरै समय चल्दैन । एक डेढ महिनामा केही न केही उथलपुथल गर्छु, यसका लागि जस्तोसुकै मूल्य चुकाउन तयार छु।’

उनले मन्त्रालयहरुसँग समन्वय नै नगरी आफूखुसी ढंले काम गरिरहेको गुनासो गरिन्। डेरीमा पैसा गयो भन्ने तर हिसाब किताब नदेखाउने प्रवृत्तिले सबै कृषकलाई समेट्न नसकिएको उनको भनाई छ।

यस्तै, मन्त्री शाहले धान रोपाइँको सिजन यसपाली मलको अभाव नहुने दाबी गरिन्। टेन्डर प्रकृयामा जान मात्र नेपाललाई १२–१४ महिना लाग्ने कारणले गर्दा पनि मल वितरणमा ढिलाइ हुने गरेको बताइन्।

प्रकाशित मिति: १७:१५ बजे, शुक्रबार, असार ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्