एसईई चैत ७ गतेदेखि
बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार उक्त तालिका सार्वजनिक गरेको हो । तालिकामा माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत ७ गतेदेखि सञ्चालन हुने उल्लेख छ।
काठमाडौं, असार ७ : राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेदेखि सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको छ।
बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार उक्त तालिका सार्वजनिक गरेको हो । तालिकामा माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत ७ गतेदेखि सञ्चालन हुने उल्लेख छ।
एसईईका लागि फागुन मासान्तभित्र विद्यार्थीको आन्तरिक र प्रयोगात्मक अंक शिक्षा विकास तथा समन्वय इकाइमा पठाइसक्नुपर्ने तालिकामा उल्लेख छ।
प्रकाशित मिति: १७:१० बजे, शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार