असल आचरण र स्वस्थ जीवनका लागि योग महत्वपूर्ण छ : ओली
‘समाजमा थुप्रै विकृतिहरु आएका छन्, अबको दिनमा हतियारले मान्छेलाई नियन्त्रणमा लिन सक्दैन। योगले मात्रै मान्छेलाई स्वनियन्त्रणमा राख्दछ,’ अध्यक्ष अोलीले भने।-1718966364.png)
काठमाडौं, असार ७ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले मान्छेलाई स्वनियन्त्रण गर्न योग अत्यावश्यक रहेको बताएका छन्।
शुक्रबार योग दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निकट भविष्यमा हतियारले मात्र मान्छेलाई नियन्त्रण गर्न नसक्ने बताए।
‘समाजमा थुप्रै विकृतिहरु आएका छन्, अबको दिनमा हतियारले मान्छेलाई नियन्त्रणमा लिन सक्दैन। योगले मात्रै मान्छेलाई स्वनियन्त्रणमा राख्दछ,’ अध्यक्ष अोलीले भने।
मानिसमा असल आचरण निर्माण गर्न र स्वस्थ जीवनका लागि योग महत्वपूर्ण रहेको उनको भनाई थियो।
योग एउटा शास्त्र र दर्शनमात्र भएको उल्लेख गर्दै ओलीले योगमा गलत आचरण र व्यवसायिक स्वार्थ मिसिन दिन नहुने बताए।
‘हामीले समाज सुधारका लागि योग आवश्यक छ। यसमा गलत र व्यवसायिक स्वार्थ मिसिनु हुँदैन,’ उनले भने, ‘समाजमा रहेका विकृतिहरुलाई प्रवचन र योगबाट मान्छेमा रहेका सोचहरु लयमा ढाल्न सक्छौं।’
योगका लागि आसन र प्राणायम मात्र नभइ व्यवहारमा लागु हुने आचरण नै योग भएको समेत अध्यक्ष ओलीको भनाइ छ।












