Kathmandu Press

नेकपा एसका महाधिवेशन प्रतिनिधिले बासको व्यवस्था आफैं गर्नुपर्ने

बिहान–बेलुकाको खाना र दैनिक चिया र खाजा महाधिवेशनस्थलमै खुवाउने गरी क्याटरिङलाई जिम्मा दिएको छ भने बासको व्यवस्थामा भने जिल्ला कमिटीको सहकार्यमा प्रतिनिधि आफैंले गर्नुपर्ने छ।
नेकपा एसका महाधिवेशन प्रतिनिधिले बासको व्यवस्था आफैं गर्नुपर्ने

काठमाडौं, असार ७ : नेकपा एकीकृत समाजवादीको १०औं महाधिवेशनमा आउने प्रतिनिधिहरुले बासको व्यवस्था आफैं गर्नुपर्ने भएको छ।

पोलिटब्यूरो सदस्य दिलु पन्तका अनुसार प्रतिनिधिहरुका लागि बिहान–बेलुकाको खाना र दैनिक चिया र खाजा महाधिवेशनस्थलमै खुवाउने गरी क्याटरिङलाई जिम्मा दिएको छ भने बासको व्यवस्थामा भने जिल्ला कमिटीको सहकार्यमा प्रतिनिधि आफैंले गर्नुपर्ने छ।

Hardik ivf

यस्तै, महाधिवेशनस्थल तथा विशिष्ट व्यक्तिको सुरक्षा जिम्मेवारी राजनीतिक तथा सुरक्षा समन्वय कमिटीलाई दिएको छ।

सो कमिटीलाई महाधिवेशनस्थलमा आउने सबै प्रतिनिधि, शुभकामना दिन आउने विभिन्न पार्टीका नेता, पर्यवेक्षकलगायत विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनको जिम्मेवारी तोकिएको छ।

नेकपा एसले उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा गठित १६ सदस्यीय कमिटी गठन गरेको छ।

महाधिवेशनमा एक हजार ७ सय ७८ प्रतिनिधि सहभागी हुनेछन्।

प्रकाशित मिति: १५:३५ बजे, शुक्रबार, असार ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्