एक महिनामा १ खर्ब ५० अर्बको आयात, १ खर्ब ३९ अर्बको निर्यात
अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा आयात १.८४ प्रतिशतले कम भएको छ। गत आवको जेठसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको आयात भएको थियो।काठमाडौं, असार ७ : एक महिनाको अवधिमा मुलुकमा एक खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने एक खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको जेठ महिनासम्म १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ।
अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा आयात १.८४ प्रतिशतले कम भएको छ। गत आवको जेठसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको आयात भएको थियो।
यस्तै, गत आवको यही अवधिको तुनालमा निर्यातमा भने ३.०१ प्रतिशतले कमी आएको छ। गत आवको जेठसम्म एक खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको निर्यात भएको अन्सार विभागले जनाएको छ।
व्यापार घाटा १३ खर्ब १४ अर्ब रुपैयाँमा खुम्चिएको विभागको तथ्यांकले देखाएको छ। जुन अघिल्लो आवको तुलनामा १.७२ प्रतिशत कम हो।
अघिल्लो वर्ष १३ खर्ब ३७ अर्ब रुपैयाँ बराबर व्यापार घाटा थियो। यस वर्ष जेठसम्म वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.२६ प्रतिशत र निर्यातको हिस्सा ८.७४ प्रतिशत रहेको छ।
कुल वैदेशिक व्यापारको आकार १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। जुन गत आवको यसै अवधिको तुलनामा १.९५ प्रतिशत कम हो।
अघिल्लो वर्ष जेठसम्म १६ खर्ब २४ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।