Kathmandu Press

गण्डकी प्रदेश सभाको अवरोध हट्यो

अर्थमन्त्री गुरुङले १ असारमा ल्याएको आगामी आर्थिक वर्षको २०८१/८२ को बजेटमा हिसाब नमिलेको बताउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबार बैठकमा अवरुद्ध गरेको थियो।
गण्डकी प्रदेश सभाको अवरोध हट्यो

काठमाडौं, असार ७ : अर्थमन्त्री डा. टकराज गुरुङले बजेटमा भएको त्रुटी भएकाे स्वीकार गरेपछि गण्डकी प्रदेश सभा बैठकको अवरोध हटेको छ।

अर्थमन्त्री गुरुङले १ असारमा ल्याएको आगामी आर्थिक वर्षको २०८१/८२ को बजेटमा हिसाब नमिलेको बताउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबार बैठकमा अवरुद्ध गरेको थियो।

एमालेले बजेटमा प्रस्तुत गरिएको अंकको हिसाबकिताब नै गल्ती भएको भन्दै त्यसको जवाफ नदिएसम्म संसद चल्न नदिने अडान राखेपछि अबरुद्ध भएको थियो।

त्यसपछि सत्तापक्षकै आग्रहमा सभामुख कृष्ण धितालले संसद स्थगित गरेका हुन् । बजेटको त्रुटी सच्चिएपछि बैठक सुरु हुने भएको छ।

प्रकाशित मिति: १३:४७ बजे, शुक्रबार, असार ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्